Section 62
केरमेट वा थप घट नदेखिने विनिमेय अधिकारपत्रको भुक्तानी
मूलभूत कुरामा केरमेट वा थपघट भएको तर सरसरती हेर्दा सो कुरा नदेखिने विनिमेय अधिकारपत्र वा सरसरती हेर्दा  रेखाङ्कित चिन्ह नदेखिने रेखाङ्कित चेकको रीतपूर्वकको भुक्तानी दिने व्यक्ति वा बैङ्क आफ्नो दायित्वबाट मुक्त हुनेछ ।